काउकुती लगाउँछु भन्दै बलात्कार गर्ने बृद्ध प्रहरी खोरमा

काठमाडौं । काउकुती लगाउँछु भन्दै रामेछाप घर भएकी ६ वर्षीया बालिकालाई बलात्कार गर्ने बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–९ लुबु लामाटार घर भएका ६९ वर्षीय शिव प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरिएको हो ।

गत जेठ १५ गते स्कुलबाट घर फर्किरहेकी बालिका सरिता (नाम परिवर्तन गरिएको)लाई घिमिरेले विभिन्न प्रलोभन देखाई घर लगेर बलात्कार गरेको खुल्न आए सँगै महानगरीय प्रहरी वृत्त, सातदोबाटोले घिमिरेलाई पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा घिमिरेलाई सरितालाई बलात्कार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले बताए ।

घिमिरेले एक्लै फर्किरहेको देखेपछि बोलाएर घरमा लगेर दही, रोटी र तरकारी खुवाएसँगै काउकुती लगाउँछु भन्दै काखमा राखेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको डिएसपी मिश्रले जानकारी दिए ।

सरितालाई कुरा लुकाउन १० रुपैयाँ

बलात्कार गर्ने घिमिरेले सरितालाई आफूले गरेको कूकार्य कसैलाई नभन भन्दै १० रुपैयाँ पैसा समेत दिएको प्रहरीले बताए ।
तर सरिताले स्कुलको आफ्नो साथीलाई भनेपछि घटना बाहिर आएको बताइएको छ ।

घटनाबारे बालिकाकी आमाले थाहा पाएपछि जेठ १७ गते प्रहरी वृत्त सातदोबाटोमा घिमिरेमाथि उजुरी दिएकी थिइन् । बालिकाको आमाको जोहरीपछि प्रहरीले जेठ १९ गते घिमिरेलाई घरबाटै पक्राउ गरेको डीएसपी मिश्रको भनाई छ ।
पक्राउ परेका घिमिरेमाथि अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घिमिरेले यसअघि पनि बालिकाहरुलाई प्रलोभनमा पारेर बलात्कार गर्दै आएको बताइएको छ ।

Comments

comments