काठमाडौं । पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँ घटेको छ । नेपाल आयल निगमले बुधबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो ।
मूल्य घटेपछि बिहीबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ ।
यसअघि पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ प्रतिलिटर थियो । आयल निगमले १५ जेठमा बजेट आउनासाथ पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको थियो । बजेटले पेट्रोल र डिजेलमा पूर्वाधार कर बापत १ रुपैयाँ थपेपछि मूल्य बढाएको निगमले तर्क गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















