दोलखा । जिल्लाको भिमेश्वर नगरपालिका ६ स्थित चोथाङको जट्टेश्वर मोटर पार्टस् एण्ड वर्कसपमा कार्यरत कामदारको टिपर मर्मतका क्रममा चेपिएर मृत्यु भएको छ ।  बुधबार टिपर मर्मत गर्नेक्रममा हाईड्रोलिक तल झर्दा च्यापिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा वर्कसपमा काम गर्ने पर्सा बिरगंज उपमहानगरपालिका ११ का अरबिन्द साहाकानु रहेको प्रहरीले जानकारी दिएको छ । टिपरको पछाडीको भाग (ढाला) उचालेर मर्मत गर्दै गरेका १९ वर्षीय साहाकानु हाईड्रोलिक झरेपछि चेपिएका थिए ।

उनको घटनास्थलमानै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डिएसपी बासुदेब पाठकले जानकारी दिए । मृत युवकको शव प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा पोस्टमार्टमका लागि राखिएको छ । बा २ क २८३७ नम्बरको टिपर मर्मतका वर्कसप लगिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।