नमोबुद्ध नगर प्रमुख टीपी शर्माको नेतृत्वमा बृक्षारोपण (फोटो फिचर सहित)

नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका प्रमुख टीपी शर्माको नेतृत्वमा बृक्षारोपण भएको भएको छ । बुधबार विश्व वातावरण दिवसको उपलक्ष्यमा नगर प्रमुख शर्माको नेतृत्वमा बृक्षारोपण गरिएको हो । जुन ५ तारिखका दिनलाई विश्वमै विश्व वातावरण दिवसको रुपमा मनाईदै आएको छ ।

नमोबुद्ध नगर प्रमुख टीपी शर्माको नेतृत्वमा बृक्षारोपण (फोटो फिचर सहित)

वृक्षारोपण कार्यक्रममा प्रमुख शर्माका साथै उपप्रमुख रामदेवी तामाङ, नगरका जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेविका, जनता र कर्मचारीहरुको समेत सहभागीता रहेका थिए ।

नमोबुद्ध नगर प्रमुख टीपी शर्माको नेतृत्वमा बृक्षारोपण (फोटो फिचर सहित)

बृक्षारोपण पछि नगर प्रमुख शर्माले सिंगो नगरपालिकालाई नै हरित नगर बनाउने लक्ष राखेको नगरपालिकाले वातावरणीय संरक्षणको आवश्यकता रहेको बताए । साथै वातावरण जोगाउने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको नगर प्रमुख शर्माले बताए । ‘यस्ता कार्यक्रमलाई वातावरण दिवसमा मात्रै सिमित नराखी योजनाबद्ध रुपमा ठोस गतिविधिका साथ अघि बढाउने सोचमा छु ।’ प्रमुख शर्माले भने ।

नमोबुद्ध नगर प्रमुख टीपी शर्माको नेतृत्वमा बृक्षारोपण (फोटो फिचर सहित)

गत वर्ष काठमाण्डौं सिंहदरबार परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’को विश्व वातावरण दिवस शुभारम्भ गरेका थिए ।

नमोबुद्ध नगर प्रमुख टीपी शर्माको नेतृत्वमा बृक्षारोपण (फोटो फिचर सहित)

सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्वका विभिन्न मुलुकमा विश्व वातावरण दिवस मनाउन सुरु गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।