-सुसन सापकोटा (विज्ञान)
काभ्रे । काभ्रे क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद गंगबहादुर तामाङ (बमध्वज)ले चौंरीदेउराली गाउँपलिकाबाट खेल मार्फत मुलुकलाई चिनाउन ‘मेस्सी’हरु जन्माउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार चौंरीदेउराली गाउँपालिकाको आयोजनामा भएको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बनेधन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बमध्वजले विश्वमा आफ्नो राष्ट्रलाई चिनाउने एउटै मात्र माध्यम खेलकुद भएकोले सरकारले स्थानीय तह स्तरको खेलकुद कार्यक्रम ल्याएको बताए । ‘सरकारले प्रत्येक गाउँपालिकामा एक खेलमैदान स्थापना गर्ने लक्ष्य राखिएको छ ।’ खेलाडीहरुलाई बधाई दिंदै उनले भने, ‘त्यसको लागि सांसदको तर्फबाट के गर्नुपर्छ म गर्न तयार छु । गाउँपालिका अध्यक्ष मार्फत कार्यक्रम ल्याउनुहोला ।’

खेलकुदमा भाग लिएका अधिकांश खेलाडीहरुको खाली खुट्टा खेलेको देखेर सांसद बमध्वजले दुःख व्यक्त गरे । ‘खेलाडीहरु जुत्ता नलगाई खेलमा भाग लिएको देखें दुःख लाग्यो ।’ उनले भने, ‘यो क्रम अब रोकिनु पर्छ, व्यवस्थित बनाउनुपर्छ । त्यसको लागि म जे सहयोग गर्न पनि तयार छु ।’






















