चितवन । चितवन जिल्लाको इच्छाकामना–३, चुम्लिङटारमा ट्यांकर र बस एकापसमा ठोकिंदा १८ यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस एकापसमा ठोकिदा उक्त दुर्घट्ना भाएको हो ।
दुर्घट्नामा घाइते भएकाहरु मध्ये ४ जनाको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले ट्यांकर चालक र बस चालक दवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















