स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा डुबेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल भन्छन्–मन्त्री आउने भनेपछि पूरै दुई दिन मेसिन चलायौँ, खोलाका ठूला ढुंगा पन्छायौँ, सडकका खाल्टा पुर्‍यौँ, तर चालकको कमजोरीले मन्त्री खोलामा डुब्नुभयो ।

मन्त्री महासेठ अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गर्न आएका थिए । पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा।२ झ ४०२९ नम्बरको गाडी पल्टेको हो ।

गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो ।

सहरे खोलामा मन्त्री महासेठले शिलान्यास गरेको पुल तयार भए दरौँमा अर्को पुल आवश्यक नपर्ने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल बताउँछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।