अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप फूटवल प्रतियोगिता–२०७६ आज (मंगलबार)बाट शुरु भएको छ ।

रोशी गाउँपालिकाको वडा नं १ देखि वडा नं १२ सम्मको खेलाडीहरु समावेश गरि यो प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख उद्धव के.सीले खेलले रोशी गाउँपालिकाको समृद्धि अभियानलाई सफल बनाउन सहयोग पु¥याउने आशा व्यक्त गर्दै जिल्लामा रोशीलाई चिनाउन अवसर मिलेको र जित्ने आत्मविश्वासका साथ अगाडि बढ्न खेलाडीहरुलाई अनुरोध गरे । उनले विजय हुने टिम जिल्लामा हुने राष्ट्रपति रनिङसिल्डमा सहभागी हुने मौका पाउने र जिल्लामा प्रथम हुने राष्ट्रिय स्तरमा हुने कार्यक्रममा सहभागी हुने मौका मिल्ने भन्दै राम्रोसँग खेल्न अनुरोध समेत गरे ।

कार्यक्रम विशेष अतिथि एवं तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामा र रोशी रोशी गाउपालिकाका अध्यक्ष डि.वी लामाले खेलको परिधिभित्र रहेर संमियमित हुदै सौहार्दपुर्ण भएर खेल खेल्न खेलाडीहरुलाई अनुरोध गरे ।
पहिलो चरणको खेलमा वडा नं ७ र वडा नं. ५ बीचमा प्रतिस्पर्धा भएकोमा वडा नं ५ लाई २–० गोलको अन्तरले जित हासिल गर्न सफल भएको थियो । प्रतियोगिता जेष्ठ ३२ गतेसम्म चल्ने छ ।






















