२९ जेठ, काठमाडौं । फिल्मशाला प्रा.लि.का अध्यक्ष श्रीहरि श्रेष्ठको जन्मोत्सवको अवसर पारेर राजधानी काठमाडौंको बौद्धस्थित प्राचीन अनुवाद एकमात्र गुरुसंघ नेपाललाई आर्थिक सहयोग गरिएको छ । सञ्चारकर्मी, फिल्मकर्मी तथा समाजसेवीका रुपमा समेत स्थापित श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारेर सो संस्थालाई २५,५५५।– (पच्चीस हजार पाँच सय पचपन्न रुपैयाँ) नगद सहयोग गर्नुभएको हो । फिल्मशाला प्रा.लि.को कार्यालय त्रिपुरेश्वरमा आयोजित विशेष समारोहका बीच कार्यक्रमको अध्यक्षता गर्नुभएका फिल्मशालाका सल्लाहकार, समाजसेवी एव सस्थाका सचिव कुमार थोकर तामाङलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले श्रीहरि श्रेष्ठसँगको आफ्नो सहकार्य निकै लामो समयदेखि भएको बताउनु भयो । उहाँले श्रेष्ठ सञ्चारकर्मी, फिल्मकर्मी, समाजसेवीका रुपमा निश्वार्थ रुपमा काम गर्दै आफ्नो जीवनलाई सही र सार्थक काममा लगाउनु भएको उल्लेख गर्नुभयो । व्याकुलले भन्नुभयो –श्रीहरिजीले आफ्नो बाँकी जीवन पनि यसैगरी समाजसेवामा लगाउनु हुनेछ भन्ने विश्वास छ ।
कार्यक्रममा अतिथिका रुपमा मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य देवशंकर पौडेलले मानिस भएपछि स्वार्थ लिएर कुनै पनि काम गर्नु हुँदैन । फिल्मशालाले पनि विना स्वार्थ यस्ता कामहरु गर्दै आइरहेको बताउँदै पौडेलले भन्नुभयो– फिल्मशालाका अध्यक्ष श्रीहरि श्रेष्ठको जन्मदिनको अवसरमा यही शुभकामना व्यक्त गर्दै उहाँको जीवन खुशीसाथ वितोस् भन्नुभयो ।
कार्यक्रममा उपस्थित व्यक्तिहरुप्रति आभार प्रकट गर्दै फिल्मशालाका अध्यक्ष श्रीहरि श्रेष्ठले आफ्नो जन्मदिनमा गतवर्ष जस्तै यसपटक पनि विकट गाउँमा गएर स्कुले विद्यार्थीहरुसँग गएर अलि फरक ढंगले मनाउने सोँच गरिएको तर परिस्थितिले साथ नदिएपछि स्थपना कालदेखि नै निःशुल्का रुपमा बौद्ध शिक्षा संचलान गर्दै आइरहेका बौद्धस्थित प्राचीन अनुवाद एकमात्र गुरुसंघ नेपाललाई आर्थिक सहयोग गरेर जन्मदिन मनाउन पाउँदा असाध्यै खुशी लागेको बताउनु भयो । संस्थाले दिउसो १२ः०० बजेदेखि ३ः०० बजे सम्म अधारभुत सम्भोटा लिपि कक्षा तथा ज्योर्लोक, ३ः०० बजेदेखि ५ः०० बजे सम्म च्योई तलिम कक्षा र प्रत्येक शानिबार विहान ७ः०० बजेदेखि ९ः०० बजे सम्म बालबालिकाहरुका लागि लक्षित गरि मञ्जुश्री धार्मिक बालकक्षा साथै समुदायका विशिष्ट धर्मगुरु हरुबाट समय–समयमा धर्म देशना कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।
कार्यक्रमको अध्यक्षता फिल्मशालाका सल्लाहकार कुमार थोकर तामाङ र सञ्चालन फिल्मशालाको प्रवन्ध निर्देशक किरण मोक्तानले गर्नुभएको थियो । कार्यक्रममा रामेछाप नगरपालिका वडा नं. १ र ३ का वडाअध्यक्षद्वय नरबहादुर थापा र भुपाल श्रेष्ठसहित सञ्चारकर्मी, तथा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
तस्वीरहरु ःआनन्द श्रेष्ठ






















