काभ्रे । प्रदेश ३ को अर्थ समितिले प्रदेश ३ का १३ ओटै जिल्लाहरुमा योजना कार्यन्वयनको अवस्था बुझ्न पुगेको छ । प्रदेश सरकारवाट विनियोजन गरेको बजेटको काम कसरी भैरहेको छ भनेर बुझ्न पहिलो चरणमा काभ्रे सहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुलीमा अनुगमन गरिरहेको हो ।

अर्थ समितीले आफ्नो प्रभावकारी उपस्थिती देखाउने उदेश्यले अनुगमन गरेको अनुगमन टोलीको प्रमुख तथा भक्तपुरबाट निर्वाचित सांसद शशीजङ थापाले बताए । समितिको सदस्यहरुमा काभ्रेवाट निर्वाचित सांसद लक्ष्मण लम्साल, रामेछापवाट निर्वाचित सांसद शान्तिप्रसाद पौडेल र दोलखाका सांसद आङ देण्डी लामा र काठमाण्डौंको सांसद मिना ज्ञवाली रहेका छन् ।

‘विकासको अनुगमन हुन्छ त्यसका आधारमा मूल्यांकन गरिन्छ’ अर्थ समितिका संयोजक शशीजंङ्ग थापाले भने, ‘हामीले सबै जिल्लामा पुगेर विकास निर्माणमा भएको प्रगतीको आधारमा नंम्बर दिनेछौं ।’  अनुगमन टोलीले काभ्रे, रामेछाप, दोलखा र सिन्धुपालचोको प्रदेश मातहत सञ्चालित विकासका विभिन्न आयोजनाहरु अनुगमन गरेको छ ।

उक्त उपसमितिका संयोजक सहितको टोलीले आइतबार काभ्रे, सिन्धुली, सोमबार रामेछाप, मंगलबार दोलखा र बुधबार सिन्धुपाल्चोक जिल्लामा संचालनमा रहेको आयोजनाहरुको अनुगमन गरेको थियो ।
अनुगमनपछि विभिन्न जिल्लाहरुमा भैरहेको कार्यहरुको प्रगती विवरणसँगै ग्रामीण भेगमा भएको विकासको मोडल हेरिएको संयोजक थापाले बताए ।

धेरै जसो जिल्लाहरुमा आवश्यकतालाई मध्यनजर गरेर बजेट हालेको र काम पनि सन्तोषजनक भइरहेको पाएको सांसद थापाले बताए ।

अनुगमनमा अर्थ तथा विकास समितिअन्तर्गतको योजना अनुगमन उपसमितिको सांसदहरुको टोली, जिल्ला समन्वय समिति, पूर्वाधार विकास कार्यालयका ईन्जिनियरहरु, सिंचाई कार्यालयका इन्जिनियरहरु स्थानिय उपभोक्ताहरु सहितको टोली सहभागी रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।