सुसन सापकोटा (विज्ञान)
काभ्रे । रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडानं. ६ खनपुरमा बस दुर्घट्ना भएको खबर प्राप्त भएको छ । काठमाडौंबाट लखनपुर जाँदै गरेको कोशीपारी यातायातको बा २ ख ७२४२ नम्वरको गाडी दुर्घट्ना भएको हो ।
गाडीमा सवर करिब ३० जना यात्रुहरु मध्य ४ जनाको अवस्था गम्भिर रहेको थाहा भएको छ । दुर्घट्नामा शुक्रबार र शनिबार हुने शिबिरमा सहभागी हुन गएका ५ जना डाक्टर समेत रहेको बुझिएको छ ।
गम्भिर घाइते भएका ४ जना एम्बुलेन्सबाट काठमाडौं ल्याउँदै गरेको र बाँकी विरामी भने बसबाट ल्याउँदै गरेको थाहा भएको छ ।
बस करिब ५ सय मिटर तल झरेको र बसका चालक तथा सहचालक घट्नास्थलबाट भागेको जनाएको छ । घट्नास्थलमा कात्तिके देउराली प्रहरी चौकी र गुन्से भदौरे प्रहरी चौकीका प्रहरीहरु उद्धारको लागि पुगेको स्थानीयले बताएका छन् । थप विवरण भने आउन बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















