काभ्रे ।  काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नंं. ११ स्थित काभ्रे भञ्ज्याङमा टिफर दुर्घट्ना हुँदा चालकको निधन भएको छ ।

आज (शनिबार) विहान करिब ०५ः३० बजेको समयमा धु.न.पा. ११ सिमल बोटस्थित बिपि राजमार्गमा भकुण्डेबेशीबाट काभ्रेभन्ज्याङ तर्फ आउदै गरको बा. २ क ४६७५ नं. को लोड टिफर दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार निधन हुनेमा चालक गोरखा जिल्ला गण्डक गाउँपालिका वडा नं. ६ ध्यालचोक घर भएका वर्ष २६ का भुपेन्द्र रेग्मी रहेको छ ।

टिफर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसि दुर्घटना भएको छ हो ।

प्रहरीले रेग्मीलाई सोही टिफरले च्यापी रहेको अवस्थामा उद्धार गरी उपचारको लागी धुलिखेल अस्पतालमा ल्याइएको थियो । अस्पताल ल्यानसाथ उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।