जबरजस्ती करणी गर्ने ढुंगेल पक्राउ

धुलिखेल । काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं. ५ का राजकुमार ढुंगेललाई वालिका माथि जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सोही वडामा रहेको बौद्धिक अपंगता भएको एक बालिकालाई जवर्जस्ती करणी गरेको गरेको अभियोगमा ढुंगेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी तथा प्रहरी उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

गत बैशाख ११ गतेका दिन दिउँसो अन्दाजी दिउँसो २ बजेको समयमा चौरीदेउराली गाउँपािलका वडा नं. ५ पोखरीचौरी दाहाल टोल स्थित घर निजिकै बारीको कान्लामुनी ढुंगेलले पैसा र खाने कुरा दिई ललाई फकाई करणी गरेको आरोप सहितको जाहेरी पिडित पक्षले दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार ढुंगेललाई जेष्ठ २ गतेका दिन पक्राउ गरी जिल्ला अदालत काभ्रेमा म्याद थप अनुमति लिइ प्रहरी हिरासतमा अनुसन्धान भइरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।