काठमाडौं। रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–२ दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ समता अस्पताल बाैद्वमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ।
उक्त विषयलाई लिएर समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समता अस्पताल परिसर भित्रै झुन्डिएको अवस्थामा फेला परेको शवको खल्तीमा सुसाइड नोटलाई आधार बनाउँदै प्रहरीले सञ्चालक उत्तम सञ्जेल र उनकी पत्नीसहित चार जनालाई नियन्त्रणमा लिएको हो । उत्तम सञ्जेलसँगै उनकी पत्नी र दुई अन्य अस्पतालका कर्मचारीलाई प्रहरीले समातेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । घटना शंकास्पद र रहस्यमय रहेको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए ।
तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको जनाएको छ ।
सुसाइड नोटमा यस्तो लेखेको रहेछ।






















