भक्तपुर । भक्तपुरको सुर्यविनायक स्थित बाराही स्थानमा ग्रिन चिल्ली थकाली किचन एण्ड वेकारी क्याफे तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख अातिथ्यतामा शुभारम्भ गरिएको छ।
कार्यक्रममा विशेष अतिथि खानीखोला गाउँपालिका ७ का वडाअध्यक्ष क्षेत्र ग्यापक, समाजसेवी बुद्धराज तामाङ, निर्देशन नायक सागर घिसिङ,निर्देशन डिवी दोङ,गायक जगत घिसिङ,गायक अभिषेक तामाङ साथै पत्रकार व्यवसायी तथा समाजसेवीहरु लगायत अतिथिहरुको उपस्थिति रहेको थिए। 
प्रमुख अतिथिले अाफ्नो शुभकामना मन्तव्य दिने क्रममा दैनिक रुपमा नेपाली उर्जाशिल युवाहरु बिदेशिएको बेला ग्रिन चिल्ली थकाली किचन एण्ड वेकारी क्याफे शुभारम्भ गरेकामा खुशी व्यक्त गर्दै सञ्चालक बिजय लामा र सविन लामालाई धन्यवाद समेत व्यक्त गरिएका थिए।
सञ्चालक विजय लामाले ग्रिन चिल्ली थकाली किचन एण्ड वेकारी क्याफेमा सबै प्रकारका स्वादिलो थकाली परिकारहरु पाउने बताएका छ।






















