आइटीसी पूर्वी एशिया क्षेत्रिय सम्मेलनको तयारी पूरा, सम्मेलन भोलीदेखि

काठमाडौं । अन्तराष्ट्रिय तामाङ परिषद पूर्वी एशिया क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनको व्यवस्थापनको जिम्मेवारी पाएका थाइल्याण्ड तामाङ समाजका अध्यक्ष भ्वाइस लामाले सम्मेलनको तयारी पुरा भएको जानकारी दिएका हुन् ।

उक्त कुरा सम्मेलनको व्यवस्थापन र स्वागतको जिम्मेवारी पाएका थाइल्याण्ड तामाङ समाजका अध्यक्ष भ्वाइ लामाले तेमाल अनलाईनलाई जानकारी दिए ।  सम्मेलन जुन २२ अर्थात भोली उद्घाटन हुने कार्यक्रम रहेको अध्यक्ष लामाले बताए । सम्मेलनको उद्घाटन भने थाइल्याण्डस्थित थाइ नेपाली सामाजिक भवनमा हुने भएको छ ।

सम्मेलनको उद्घाटन् कार्यक्रमको प्रमुख अतिथि, संघीय सांसद तथा पूर्व मन्त्री हितबहादुर तामाङले गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङले तेमाल अनलाईनलाई जनाकारी दिए । कार्याक्रममा विशेष अतिथिको रुपमा कोरियाका लागि पूर्व राजदुत तथा पूर्व सांसद कमानसिंह लामा र अन्तर्राष्ट्रिय तामाङ परिषद्का अध्यक्ष केएम तितुङ तामाङ रहने वरिष्ठ उपाध्यक्ष लामाले बताए ।

सम्मेलनमा पूर्वी एशियाका ९ वटा देशहरु थाइल्याण्ड, जापान, कोरिया, मलेसिया, हङकङ, बर्मा, मकाउ, सिंगापुर, चीनबाट प्रतिनिधिहरु सहभागी हुने लामाले जानकारी दिए ।

लामाका अनुसार सम्मेलनमा विभिन्न ९ देशहरुबाट १ सय जनाभन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने छ । कार्यक्रममा नेपालबाट नेपाल तामाङ घेदुङका प्रतिनिधिहरु तथा विभिन्न देशहरुबाट समेत प्रतिनिधि पठाई शुभकामना तथा एक्यबद्धता जनाउन थाईल्याण्ड जानेक्रम जारी रहेको छ ।  सम्मेलनको समापन कार्यक्रम भने थाइल्याण्ड स्थित स्वागत होटलमा हुनेछ ।

सम्मेलनले परिषद्को केन्द्रीय कार्ययोजना अनुसार तयार भएको ‘एक देश–एक सांस्कृतिक संयन्त्र, एक सदस्य संगठन–एक कोष संकलन–एक परियोजना, प्रत्येक संगठनको उद्धार कोष र एक देश–एक लगानी समूह जस्ता कार्यक्रमलाई कार्यन्वयन गराउने प्रतिवद्धता रहनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।