काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (विप्लब) समूहले आगामी असार १० गते नेपाल बन्द लगायतका विभिन्न आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब)ले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको घोषणा गरेका हुन् ।
सर्लाही लालबन्दी १ लखन्ती खोलामा आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको आरोप लगाउँदै विप्लबले नेपाल बन्दको घोषणा गरेका हुन् ।
‘केपी वली नेतृत्वको सामाजिक दलाल सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको छ ।’ महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘त्यसै क्रममा असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको छ । पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ ।’
उनले आफ्ना कार्यकर्ताहरुलाई सक्रिय रक्षामा रहन समेत निर्देशन जारी गरेका छन् । ‘वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने फासिवादी वली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न सबै पक्षमा आह्वान पनि गर्दछ ।’ उनले भनेका छन्, ‘साथै पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन गर्दछ ।’
जारी विज्ञप्तिमा उल्लेख गरेका संघर्षका कार्यक्रमहरुः
– असार ७ गते प्रचार प्रसार
– असार ८ गते कोणसभा तथा घरदैलो
– असार ९ गते मसाल जुलुस
– असार १० गते नेपाल बन्द
विज्ञप्तिको पूर्णपाठः























