मण्डन । काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिकामो ६० जना स्थानीयलाई शुक्रबारदेखि रोजगार दिने भएको छ । नगरको वार्षिक समिक्षा तथा योजना तर्जुमाको लागि सुझाव संकलन कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाईबाले स्थानीयलाई रोजगार दिने घोषणा गरेका हुन् ।

‘सुरुमा ६० जना स्थानियलाई प्रधानमन्त्री रोजगार कोषबाट रोजगार दिन लागिएका छौं ।’ नगरप्रमुख वाईबाले भने, ‘यसका लागि संघीय सरकारबाट २९ लाख प्राप्त गरेकोमा नगरपालिकाको तर्फबाट २० लाख थपेर युवाहरुलाई रोजगार दिन लागेका हौं ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वेरोजगार रहेका ६० जना स्थानियलाई कुन्ता–जिरोकिलो सडक खण्डमा खटाईने वाइबाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।