‘रुद्राक्ष ब्यावसायीको कालो धन अब सेतो बनाउँछु’ षडानन्द नगर प्रमुख विरबल राई

भोजपुर । जिल्लको षडानन्द नगरपालिकामा रुद्राक्ष ब्यावसायि निकै फस्टाउँदो गतिमा चलिरहेको अवस्थमा रुद्राक्षको दरभाउ घटेसंगै चहलपहल खलबलिन थालेको छ ।

आज भन्दा ३ पुस्ता अगिदेखि चलिआएको रुद्राक्ष ब्यावसाय आजसम्म पनि बैधानिक तरिकाले ब्यापार ब्यावसाय गर्न नपाएको र कालो धन भनेर चित्त बुझाउनु परेको आम नगर बासीहरुको दुखलाई मनन गर्दै आगामी दिनहरुमा नगरपालिकाले रुद्राक्ष ब्यावसायलाई करको दायरामा ल्याएर सम्पत्ति सुद्धिकरणमा कुनै पनि अनावश्यक सम्पत्ति नदेखिने गरि निति तथा कानुन बनाएर रुद्राक्ष ब्यावसायको कालो धनलाई अब बैधानिक तथा सेतो बनाउने कुरा नगर प्रमुख विरबल राईले बताए ।

छलफलमा बोल्दै भोजपुर जिल्ला रुद्राक्ष ब्यावसायी संघका अध्यक्ष सुवास वस्नेतले सरकारले निति नबनाए रुद्राक्ष ब्यावसाय खहरे भेलले ल्याएको दाउरा जस्तै हुने बताए ।

रुद्राक्षले निकै प्रसिद्ध ठाँउ भनेर भोजपुरको दिंला वा चिउरिबोटेलाई चिनिन्छ पछिल्लो समयमा रुद्राक्ष व्यवसाय फस्टाउँदो अवस्थामा थियो । तर यो क्रम निरन्तर रहन सकेन । २०७०÷७१ देखि रुद्राक्षको ब्यावसाय सोचे भन्दा माथि गएको थियो केही समय अघिको दरभाउसामान्य अवस्थाको रुद्राक्षको पनि भाउ अत्यन्तै महङगो थियो ।

५ मुखे रुद्राक्ष पनि १ केजि बराबर १ हजार देखि ५० हजार भन्दा माथिको दाम सम्म बिक्रि भएको थियो तर पछिल्लो बजार त्यो किसिमका रुद्राक्ष बिक्नै छोडि सकेको कारणले रुद्राक्षको व्यापार घट्दै गएपछी दिङ्ला बजारमा रुद्राक्ष व्यापारीको चहलपहल घट्दो छ ।

आफ्नै बारीमा भएको जग्गाको कर तिरिरहेको तर आफ्नै बारिमा उत्पादन भएको रुद्राक्ष बैदानिक तरिकाले बेच्न नपाउँदा आफनो बारीनै हो कि हैन सुकुमवासीको अनुभव हुने भएकोले यसलाई हटाउन रुद्राक्ष ब्यावसाय पनि सुन्तला कागति जस्तै गरि कृषिमा हुनु पर्ने कुरा शनिबार चिउरिबोटेमा भएको रुद्राक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रममा रुद्राक्ष कृषक धन बहादुर तामाले गुनासो पोखाए ।

चिनिया व्यापारीको बाक्लो उपस्थिति पनि पछिल्लो वर्षहरुमा न्युन बन्दै गएको छ । दिगो व्यापार नभएकोले दिङ्ला बासीहरुले दिर्घकालिन व्यवसाय अपनाउनु पर्ने र रुद्राक्ष व्यवसाय खहरेको भेलमा आएको दाउरा टिपेर सधैं भरि नपुगे जस्तै सधैं भरि दिंलाको भबिष्यको लागि सोच्नु पर्ने भएको प्रमुख जिल्ला अधिकारि नुरहरि खतिवडाले बताए ।

दिङ्ला आसपासका चिउरिबोटे, साल्मा, मुलपानी, साल्बोटे, तुङगेछा, सेमेङ, कुदाककाउले, नेपालेडाँडा लगायत अन्य रुद्राक्ष उत्पादन हुने ठाँउमा रुद्राक्षको चहलपहल कम हुँदै गएको छ । रुद्राक्षको भारत र चिनमा व्यापार भए पनि यी मुलुकहरुले खरिद कम गर्न थालेपछी रुद्राक्षको मूल्यमा गिरावट आएको हो । उनीहरुले आफ्नै देशमा यहाँ भन्दा राम्रो रुद्राक्ष उत्पादन गरेर नेपालको रुद्राक्ष ब्यवसाय यहि गतिमा अगाडि जान नसक्ने समेत खतिवडाले स्पष्ट पारे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।