ललितपुर । घर परिवार र विद्यालय परिवारले माया नगरेको भन्दै ललितपुर जिल्लाको बागमती गाउँपालिकाका एक बालकले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा वागमती गाउँपालिका–२ स्थित माल्टा स्थायी घर भएका ११ वर्षीय समिर लुङ्वा तामाङ रहेका छन् । तामाङलेले घर परिवार र विद्यालयका शिक्षक–शिक्षिकाबाट माया नपाएको भन्दै चिठी लेखेर आत्महत्या गरेको खुलेको छ । उनी सोही गाउँपालिकामा रहेको कालिदेवी माध्यमिक विद्यालयमा कक्षा–५ मा अध्ययनरत छात्र हुन् ।
विद्यालयमा आफूलाई हेलाा गर्ने शिक्षक शिक्षिकाको समेत नामै किटान गरेर उनले सुसाइड नोटमा लेखेका छन् । कक्षामा केटालाई मात्रै पिट्ने र केटीहरुलाई केही पनि नगर्ने र आफूलाई त झनै माया नै नगरेको आरोप उनले सुसाइड नोटमा लेखेका छन् ।
तीन शिक्षक नियन्त्रणमा
कक्षा ५ मा अध्ययनरत ११ वर्षका विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परेपछि चापागाउँ प्रहरीले विद्यालयका तीन शिक्षकलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ । वागमती गाउँपालिका माल्टा स्थित कालीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत समीर लुङ्वाको शव शनिबार राती उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सुसाइट नोट फेला परेपछि शिक्षकहरु गोविन्द तिमिल्सिना, दिवाकर लामिछाने र सरस्वती घिमिरेलाई हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । तामाङको शवलाई भने पोष्ट मार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।
यस्तो छ उनको ‘सुसाईड’ नोटः
‘मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु । मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछुः
गोविन्द सर
दिपक सर
सरस्वती मिस ।
मिस र सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भने । म यति भन्दै बिदा माग्छु । म ११ वर्ष भएँ । म जन्मेको महिना कार्तिक १४ गते हो । हस, म यो संसार छोडेर जाँदैछु ।’
‘सुसाईड’ नोटः























