काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (विप्लब)समूहले आज आव्हान गरेको नेपाल बन्दले काभ्रेमा सामान्य प्रभाव परेको छ । बन्द गराउनका लागि सो पार्टीले काभ्रेको मुख्य शहरहरु धुलिखेल, पनौति र बनेपामा नक्कली बमहरु राखेको छ ।

‘बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको छ ।’ जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले भने, ‘ पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ ।’

सर्वसाधारणलाई तर्साउनका लागि मात्र बियरको बोतलमा बालुवा भरेर र कतै कुकरमा भुस मात्र भरेर राखेको पाइएको डिएसपी गिरीले जानकारी दिए ।

धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको डिएस्पी दिपक गिरीले जानकारी दिए ।

काभ्रेको प्रमुख शहरहरुमा पसल खुलेको छ भने धुलिखेल–बनेपा–काठमाडौं चल्ने बसहरु पनि चलिरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।