भुम्लु । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले यो हप्ताबाट १ सय २५ जना युवालाई रोजगार दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत रोजगारको व्यवस्था गरिएको हो ।

ती युवाहरुलाई भुम्लु गाँउपालिकामा विकास निर्माणमा खटाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संघीय सरकारवाट आएको २२ लाख रुपैया बजेटको व्यवस्था गरिएको छ ।

भुम्लु गाँउपालिका वडा नं. १ का वडा वडाअध्यक्ष खीरबहादुर श्रेष्ठ (हिमाल)का अनुसार रोजगारप्राप्त स्थानीयलाई आवश्यकता र महत्वको आधारमा सडक छनौंट गरि काममा खटाइएको बताए । श्रेष्ठका अनुसार पहिलो चरणमा विभिन्न वडाका सडकको नाली बनाउने र सडकको अवस्था हेरेर ढुंगा बिच्छ्याउने कार्यमा परिचालन गरिएको छ ।

‘अहिलेको लागि उहाँहरुलाई वडा नं. ८ को हवेली देखि जिरो किलोसम्म, वडा नं. ७ जिरोकिलोदेखि चिलाङ्कुसम्म, वडा नं. ५ चिलाङ्कु देखि भुम्लुडाँडासम्म, वडा नं. ४ चौवास, वडा नं. २ र ४ सिम्थलीको कालापानी देखि काभ्रेखोलसम्म, १० नं. वडा दोलालघाट र ९ नं. वडा ज्याम्दीमा खटाइएको छ ।’ श्रेष्ठले भने ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।