काभ्रेका कुन–कुन स्थानीय तहले प्रस्तुत गरियो नीति तथा कार्यक्रम र बजेट ?

काभ्रे । आज (असार १० गते भित्र) स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि काभ्रेका केही स्थानीय तहले मात्र प्रस्तुत गरेको छ ।

समय अभावको कारण देखाउँदै ती स्थानीय तहहरुले उक्त संवैधानिक व्यवस्थालाई कार्यन्वयन नगरेको हो ।

असार १० गते धुलिखेल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाले नीति तथा कार्यक्रम सहित आर्थिक विधेयक, विनियोजन विधेयक प्रस्तुत गरेका छन् । पनौती, पाँचखाल र बनेपा नगरपालिकाले परिषद् शुरु गरे पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छैनने ।

त्यसैगरि महाभारत, रोशी, बेथान्चोक गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । यता भुम्लु, खानीखोला, तेमाल, चौरीदेउराली गाउँपालिकामा नीति तथा कार्यक्रमम प्रस्तुत भएनन् ।

धुलिखेल नगरपालिकाको यस्तो छ कार्यक्रम

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बार्षिक नीति तथा कार्यक्रम(बजेट) र विनियोजन विधेयक प्रस्तुत गरेका थिए । ‘एक हप्ता एक दिन खेत बारिमा केहि छैन’, ‘एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम’, ‘एक वडा एक नमुना पशु फार्म’, ‘एक वडा एक नमुना विद्यालय’, एक वडा एक सांस्कृतिक समुह’, सुकुम्बासी मुक्त नगर’, ‘उपप्रमुखसँग महिला कार्यक्रम’, ‘एक खेलमैदान, एक पोखरी, एक नर्सरी र एक बाल उद्यान’, ‘मेयर गरिवी निवारण’, ‘छुवाछुत सामाजिक अपराध हो’ समुदाय स्तरमा विभिन्न जनचेतनामुलक कार्यक्रम, ‘एक घर एक धारा’, ‘क्लिन धुलिखेल ग्रिन धुलिखेल’ अभियान संचालन गर्ने बताए ।

सन् २०२० सम्ममा समग्र नगरलाई बालमैत्री नगरपालिका बनाउने नीति नगर प्रमुख ब्याञ्जुले प्रस्तुत गर्नु भएको छ । वडा नम्वर १० लाई जिल्लाकै दोश्रो र प्रदेशको तेश्रो बालमैत्री वडा घोषणा गरिएको र आगामी आर्थिक वर्ष भित्र ६ वटा वडालाई बालमैत्री घोषणा गर्ने बताईएको छ । आगामी वर्षका लागि नगरपालिकाको ७८ करोड ४८ लाख १८ हजार बजेट सीमा कायम गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

नगर सभामा उपप्रमुख विमला शर्माले आर्थिक वर्ष २०७५÷२०७६ मा भएका मुख्य कार्यहरु तथा आर्तिक विधेयक प्रस्तुत गरेका थिए ।

बनेपामा नगरमा भने प्रस्तुत भएन नीति तथा कार्यक्रम र बजेट

सोमबार बनेपा नगरपालिकाले नगरको पाँचौ अधिबेशन शुरु ग¥यो । नगर सभाका अध्यक्ष एवं नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सभा सदस्यहरुले धारणा राखेका थिए । अर्काे बैठक असार २० गते बस्ने गरि स्थगित भएको छ । सोहि बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्य सूची तय भएको छ । सभा अध्यक्ष लक्ष्मीनरसिं बादेले आगामी वर्षका लागि संचालन गर्ने नीति तथा कार्यक्रमका बारेमा सक्षिप्तमा भनाई राखे पछि त्यसकै आधारमा सदस्यहरुले सुझाव प्रस्तुत गरेका थिए । ‘सुझावलाई समेत समेटेर नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ’– नगर प्रमुख लक्ष्मी नरसिं बादेले भने ।

पनौती नगरपालिकाले केहि दिन अघि देखि नै सभाको बैठक प्रारम्भ भएको जानकारी दिएको छ । ‘हामीले धेरै अघि देखि बैठक प्रारम्भ गरेका छौं’–नगर प्रमुख भिम न्यौपानेले भने– ‘असार २३ गते दोश्रो बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दर्छाै ।’

पाँचखाल पनि औपचारिकता मात्र

पाँचखाल नगरपालिकाले औपचारिक बैठक शुरु नगरे पनि अनौपचारिक छलफल, विषयगत समितिका बैठकहरु, राजश्व परिचालन तथा ब्यवस्थापनको खाका तयार गरिसकेको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा पाचौँ नगर सभा सम्पन्न गर्ने गरी तयारी गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिए ।

त्यसैगरि मण्डन देउपुर नगर प्रमुख टोकबहादुर वाईवा र नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकासका लागि प्रदेश, संघ सरकार र नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका थिए ।  बेथानचोक, रोशी, महाभारत गाउँपालिकाले असार १० गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

महाभारत गाउँपालिकाले पनि प्रस्तुत गरे

महाभारत गाउँपालिकाले पहिलो सत्रमा नीति तथा कार्यक्रम र विधेयकहरु पास गर्दै दोश्रो सत्रमा बजेट प्रस्तुत गरेको थियो । अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिकाका नागरिकहरुको सम्वृद्धी र आय आर्जन बृद्धीका लागि विशेष कार्यक्रम ल्याईएको बताए ।

महाभारत गाउँपालिकामा प्राविधिक विषयमा डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई डेड लाख अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेको ४० वटा कृषक समुहलाई टिभी उपहार दिने निर्णय गरेको छ । टिभी मार्फत कृषि सन्देश दिने र कृषकहरुलाई उत्पादनमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

बेथानचोकले पनि ल्याए नीति तथा कार्यक्रम

बेथान्चोक गाउ“पालिका प्रमुख प्रेमबहादुर तिमल्सिनाले पर्यटकिय हिसावले आर्कषक बन्दै गएको बेथान्चोक नारायणस्थान, उत्पादनका हिसावले समृद्ध बन्दै गएको खेति योग्य जमिन र कृषकहरुलाई केन्द्रित गरी नीति तथा कार्यक्रम र बजेट ल्याईएको बताए ।

रोशी गाउँपालिकाको योजना यस्तो छ

रोशी गाउँपालिकाले ६५ करोड ८ लाख रुपैयाको बजेट ल्याउने तयारी गरेको छ । ‘जसको मन उसैको संरक्षण’, ‘वडाअध्यक्षसँग कर्णधार’ कार्यक्रम रोशी गाउँपालिकाले ल्याएको छ । उत्कृष्ट पेशा ब्यवसाय गर्ने ब्यक्तिहरुलाई जसको मन उसैको संरक्षण कार्यक्रमबाट सम्मानित गरिनेछ ।

कृषि क्षेत्रमा, पशुपालन क्षेत्र लगायत आय आर्जन गर्ने ब्यक्तिहरुलाई उत्कृष्ट मन भएका ब्यक्तिहरुबाट सम्मान गरिनेछ । बाबु आमालाई संरक्षण गर्ने सन्तानहरु मध्ये उत्कृष्ट दुई जनालाई प्रत्येक वडाबाट वडाअध्यक्षसँग कर्णधार कार्यक्रमबाट सम्मान गरिनेछ ।

सुत्केरीलाई पोषिलो खाना अन्र्तगत कुरिलोको प्याकेट वितरण गरिनेछ । रोशी गाउँपालिकाले नागरिकहरुकै लागि हित हुने महत्वपूर्ण कार्यक्रम ल्याएको बताएको छ ।

त्यसैगरि भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समग्र भुम्लुको विकासका लागि आय आर्जनसँगै सडक, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका थिए ।

खानीखोला, भुम्लु, तेमाल, चौरीदेउराली गाउँपालिकामा नीति तथा कार्यक्रमम प्रस्तुत भएन तर बैठकको तयारी भईरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।