सवारी दुर्घट्नामा श्रीमान्–श्रीमति कै मृत्यु, छोरा गम्भिर घाईते

काभ्रे । जिल्लाको मन्डनदेउपुर नगरपालिका वडा नं. ७, कुन्ताबजारमा सवारी दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरीदेउराली गा.पा.वडा नं. ८ घर भई मण्डनदेउपुर न.पा. कुन्ताबेसीमा ग्रील पसलमा काम गर्ने बर्ष २५ को मोटरसाईकल चालक सचिन माझी रहेका छन् ।

बुधबार कुन्ताबजारको भित्री सडक खण्ड स्थित नगरपालिका कार्यालय अगाडी कुन्ताबाट रानीटार तर्फ जादै गरेको बा .२१ प. ८२८० नं.को मोटरसाईकल आफै अनियन्त्रीत भई पल्टीदा बिपरीत दिशा तर्फ आउदै गरेको बा.३ ख. ९०३० नं.को निशान गाडीले माझीलाई ठक्कर दिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थल तथा लास जाँच मुचुल्काको कार्य भई उक्त आईचर ट्रक, चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।