काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ८ पचास किलो स्थित अरनिको राजमार्गमा गुडिरहेको टिफरको पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घट्नामा परि मृत्यु हुनेमा मोटरसाईकल चालक पाँचखाल नगरपालिका वडा नं. १ बस्ने वर्ष ३० को श्याम प्रसाद दाहाल रहेको प्रहरीले जनाएको छ । उनलाई घाइते अवस्थामा प्रहरीले धुलिखेल अस्पताल ल्याएकोमा डाक्टरले उनलाई ६ः३० बजेको समयमा मृत घोषणा गरेको छ । त्यसैगरि पछाडि सवार मण्डनदेउपुर नगरपालिका वडा नं. ४ बस्ने वर्ष ५० का ध्रुव प्रसाद पराजुली कम्मरमा चोट लागे पनि अवस्था सामान्य रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

अरनिको राजमार्गमा दोलालघाटबाट पाँचखाल तर्फ आउँदै गरेको बा ५ ख २५९३ नं.को गिट्टी लोड टिफर सोही दिशाबाबट आउँदै गरेको बा ५९ प ६३९० नं.को मोटरसाईकाल टिफरको पछाडि ठक्कर खाई दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएको छ ।

टिफर चालक, टिफर, मोटरसाईकाल नियन्त्रणमा लिएर अनुसन्धन भइरहेको छ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बतायो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।