पनौतीका थप दुइ वडा शनिवार बाल मैत्री घोषणा हुदै

पनौती/काभ्रेको पनौती नगरपालिकाका थप दुइ वटा वडा आगामी शनिवारबाट बालमैत्री स्थानिय शासन लागु भएका वडाका रुपमा विकास हुने भएका छन् । पनौती नगपालिका वडा नं.२ र ३ संयुक्त बालमैत्री वडा घोषणा शनिवार एक कार्यक्रम विच सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले गर्ने भएका हुन् ।

साविक कुशादेवी गाविस रहेको २ र ३ नं. वडामा यतिबेला बाल मैत्री अभियानले सामाजिक अगुवाहरुलाइ व्यस्त बनाएको देखिन्छ । बालमैत्री घोषणा पूर्व पुर्याउनु पर्ने ३९ वटा सुचकमा दुवै वडा सक्षम भएको रिपोर्टको आधारमा आगामी शनिवार घोषणा हुदै छन् ।

नगरप्रमुख भिम न्यौपानेले पनौतीका सबै वडा केही वर्षमा नै बालमैत्री घोषणाको तयारीमा लागेका बताउँदै एक बालबालिकाको लागि हामीले लगानी गरेर मात्रै, भविष्यमा हामी समृद्धिमा पुग्ने बताए । बाल मैत्री स्थानिय शासन प्रचार प्रशार समितीका अनुसार १४ गते शनिवार राष्ट्रिय कलाकार, स्थानिय कला संस्कृतिको प्रदर्शन गर्दै बालमैत्री वडा दिउसो १ बजे मन्त्री बास्कोटाले उद्घाटन गर्ने छन् ।

बालमैत्री वडा घोषणाका लागि सबै तयारी पुरा भैसकेको वडा कार्यालयले जनाएको छ । पनौती नगरपालिकाको १२ नम्बर वडा यस अगाडी जिल्ला कै पहिलो बालमैत्री वडाका रुपमा घोषणा भैसकेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।