सांसद राजन दाहालले भने, ‘प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ’ (भिडियो सहित)

सिन्धुली । सिन्धुली जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश ३ का सांसद राजन दाहालले प्रदेश ३ को नाम नेवा–ताम्सालिङ नै हुनुपर्नेमा जोड दिएका छन् ।

आज (शुक्रबार) नेपाल आदिवासी जनजाति महासंघ, सुनकोशी गाउँपालिका, सिन्धुलीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सांसद दाहालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दाहालले राजनीति भनेको मूल नीति बनाउने थलो भएकोले नीति निर्माण गर्ने ठाउँमा आदिवासी जनजातिहरुको प्रभावकारी नेतृत्व आवश्यकता रहेको बताए । ‘नीति निर्माण गर्ने ठाउँमा आदिवासी जनजातिहरुको प्रभावकारी नेतृत्व आवश्यकता छ ।’ उनले भने, ‘प्रभावकारी हस्ताक्षप चाहिन्छ । जातिय समस्यालाई राजनीतिसँग जोडिनुपर्छ ।’

उनले आफूहरु विगतदेखि नै पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको पक्षमा रहेको बताउँदै उनले अहिले पनि त्यो कुरामा दृढ रहेको बताए । ‘हामी त पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा सहित पूर्व माओवादीको तर्फबाट उठेका थिएँ ।’ उनले भने, ‘पहिचान झल्किने खालको नाम भएमा जनतालाई अपनत्व महासुस हुन्छ ।’

दाहालले आफू प्रदेश ३ को नामकरण नेवा ताम्सालिङ हुनुपर्नेमा सचेत पहल सहित दृढ प्रतिबद्धता रहेको बताए । ‘यहाँको बहुसंख्याक जनताको नामबाट नामकरण गर्दा नै ठीक हुन्छ भन्नेमा हामी अहिले पनि दृढ छौं ।’ उनले भने, ‘त्यसैले यो प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भन्नेमा मेरो दुई मत नै छैन । त्यसको लागि सचेत पहल गर्नुपर्नेमा म दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।’

एक अको प्रसंगमा दाहालले गुठी विद्येयक सरोकारवालाहरुसँग पर्याप्त छलफल नपुगेकोले रोकेका बताउँदै छलफल गरेर सरोकारवालाहरुकै सहमतिमा फेरि ल्याउने बताए ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।