• अञ्जली तामाङ

काभ्रे । काभ्रे जिल्ला खुल्ला दिसा मुक्ता जिल्ला भएको छ । आज (शुक्रबार) संघीय सांसद गंगाबहादुर तामाङ बमध्वजले जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिएको हो ।

खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद बमध्वजले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सफल हुन सफल भएकोमा सबै स्थानीय तह, जनता, कर्मचारी, जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले अब जिल्लालाई पूर्ण सारसफईको अभियानमा लाग्न तयारीमा रहन समेत सबैमा अनुरोध गरे ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा, तेमाल गाउँपालिकाका अध्यक्ष तेमाल सिं तामाङ, नेकपाका प्रदेश सदस्य इन्द्रबहादुर थिङ लगायतका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु रहेका थिए ।

काभ्रेमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा २०७५ साल पौष ८ गते भित्र नै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको थियो । प्रदेशको अनुगमन पछि मात्र घोषणा गर्ने योजनामा रहेको खानेपानी सरसफाइ डिभिजन नं. ३ का डिभिजन प्रमुख लोकबहादुर चौंलागाईंले जानकारी दिए । उनका अनुसार काभ्रेमा ९१ हजार ८ सय ९५ घरधुरी रहेको काभ्रेका सबै घर–घरमा शौचालय पुगेको दावी गरेका छन् ।

Comments

comments