सिन्धुली । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय उपाध्यक्ष नवीन रोकाले प्रदेश ३ को नाम नेवा तामासालिङ नराखे जनता र सांसदबीच लडाईं शुरु हुने चेतावनी दिएका छन् ।

शुक्रबार सिन्धुलीको सुनकोशी गाउपालिका वडा नं. ५ रामटारमा सम्पन्न नेपाल आदिवासी जनजाती महासंघ सुनकोशी गाउपालिकाको प्रथम अधिवेशलाई सम्बोधन गर्दै रोकाले उक्त चेतावनी दिएका हुन् ।

‘प्रदेश ३ लाई नेवा–ताम्सालिङ नामकरण गरेर यहाँको रैथाने जनताको इतिहासलाई सम्मान गर्न म प्रदेश सांसदहरुलाई अपिल गर्दछु ।’ रोकले भने, ‘ यदि नेवा–ताम्सालिङलाई मेटाएर अन्य कुनै फरक भूगोल र धर्मको नाममा प्रदेश ३ को नामकरण भएमा जनता र सांसद्बीचको लडाइँ सुरु हुने चेतावनी दिन चाहन्छु ।’

भिडियो हेर्नुहोस्ः

ताम्सालिङ र नेवाका प्राचिन जातिले आफ्नो पसिना र रगत खर्चेर निर्माण गरेको ऐतिहासिक इतिहास र सभ्यताको नाम तामासालिङ र नेवा भएकोले तामासालिङ र नेवालाई इन्कार गर्नु भनेको यहाँका तामाङ र आदिवासी जनतालाई तिमीहरू नेपालका जनता नै होइन भन्नु जस्तै भएको उनको तर्क थियो ।

उनले राज्यसत्ता र राजनीतिका बारेमा आदिवासी जनताले बुझ्न नसक्दा आदिवासी जनजाति राज्यको अधिकारबाट बन्चित भएको भन्दै अब बहुसंख्यक आदिवासी जनताले राज्य सत्ता र राजनीतिलाई बुझेर दिल दिमागमा राख्न आग्रह गरे ।

भिडियो हेर्नुहोस्ः

नेपालमा आदिवासी जनताले धेरै लामो समयदेखि आफ्नो अस्तित्वका लागि लडेको र आदिवासी जनताको अन्दोलन र लडाइँलाई जात विशेषको भन्ने आरोप लगाएको प्रति उनले आक्रोश व्यक्त गरे । ‘हामी जातीय समान्ता चाहन्छौं ।’ उनले भने, ‘हामी जातीय राज्य चाहन्नौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।