सुनकोशी । नेपाल आदिवासी जनजाति महासंघ, सुनकासी गाउँपालिका, सिन्धुलिको अध्यक्षमा दुधराज पुलामी मगर सर्वसम्मत निर्वाचित भएको छ ।

शुक्रबार सम्पन्न प्रथम सुनकोसी गाउँपालिका सम्मेलनले मगरको नेतृत्वमा २१ सदस्यीय गाउँ समिति गठन गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा प्रदीप माझी, सचिवमा चन्द्रबहादुर श्रेष्ठ, सह–सचिवमा जानकी सुनुवार, कोषाध्यक्षमा सुरेश वाईबा, सदस्यहरुमा डिलबहादुर हायू, बुद्धिमान गोले, हिमाल लामा, मिनकुमार श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, मुरारी बहादुर हायू, सिता श्रेष्ठ, शान्ता श्रेष्ठ, रवि बुर्जा मगर, ङ्हेमा लामा, छेडुप मोक्तान, राजकुमार राना, विसुराम मोक्तान, भरत लोप्चन, लालबहादुर भुजेल, संजय लामा रहेका छन् ।

कार्यक्रमको उद्घाटन नेपाल मगरसंघका केन्द्रिय अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय उपाध्यक्ष नविन रोकाले एक कार्यक्रमकाबीच गरेका थिए । कार्यक्रममा सुनकोसी गाउँपालिका भरिका विभिन्न जाति समुदायका जनताको उल्लेख्य सहभागीता रहेको थियो ।























