काभ्रे । जिल्लाको पनौती नगरपालिकाकाको वडा नं. २ र ३ लाई सञ्चार तथा सूचता प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बालमैत्री स्थानीय शासन घोषणा गरेका छन् । आज (शनिबार) मन्त्री बाँसकोटाले एक भव्य समारोहका बीच उक्त घोषणा गरेका हुन् ।

साविक कुशादेवी गाविस रहेको पनौति नपा वडा नं. २ र ३ मा बालमैत्रीको ३९ वटा सूचनकमा सक्षम भएपछि वालमैत्री स्थानीय शासन घोषणा गरिएको आयोजनकले बताएको छ । नं. वडामा यतिबेला बाल मैत्री अभियानले सामाजिक अगुवाहरुलाइ व्यस्त बनाएको देखिन्छ । बालमैत्री घोषणा पूर्व पुर्याउनु पर्ने ३९ वटा सुचकमा दुवै वडा सक्षम भएको रिपोर्टको आधारमा आगामी शनिवार घोषणा हुदै छन् ।

घोषणा कार्यक्रमको उद्घाटन मन्त्री बाँस्कोटाले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँसकोटाले वालवालिकालाई धनी बन्न नभएर इमान्दार हुन सिकाउन सबैमा अनुरोध गरे । ‘बालबालिकालाई धनी बन्न नसिकाउनुहोस् ।’ उनले भने, ‘इमान्दार बन्न सिकाउनुहोस् । धन भनेको दोस्रो कुरा हुन् ।’ इमान्दार बन्न सिकाएमा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्ने उनको तर्क थियो ।

त्यसैगरि प्रदेश सांसद बसुन्धारा हुँमागाईंले दुवै वडालाई बधाई दिंदै घोषणा गरेपनि आगामी दिनमा व्यबहारमा लागु गर्न सबैमा अनुरोध गरे । कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जु, पनौति नगर प्रमुख भिम न्यौपाने, उप–प्रमुख गीता बञ्जारा लगायतका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेताहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रि कलाकारहरुले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

Comments

comments