सिन्धुपाल्चोक । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सिन्धुपाल्चोक र नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा इन्द्रावती गाउँपालिका प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेलाले नेपाल आदिवासी जनजाति महासंघ इन्द्रावती गाउँपालिका समन्वय परिषद गठन गरेको छ । परिषद्को अध्यक्षमा डी. बि तामाङ गोलेको, उपाध्यक्षमा मान बहादुर श्रेष्ठ, सचिवमा राजेन्द्र मगर कोषाध्यक्षमा फुर्तेम्बा शेर्पा सदस्यहरुमा मीन बहादुर माझी, सानू कान्छ दनुवार, दावा लामा ह्योल्मो र मनोनीतमा प्रमिसा तामाङ, खाम्सुङ तामाङ, बिनोद तामाङ रहेका छन् ।

त्यसै गरि नेपाल तामाङ घेदुङ इन्द्रावती गाउँपालिका पनि कमिटी गठन भएको छ । घेदुङमा क्षेत्र बहादुर तामाङको अध्यक्षतामा महिला उपाध्यक्ष संन्चमाया तामाङ, उपाध्यक्ष जित बहादुर तामाङ, सचिव तिलक तामाङ सह–सचिव बिमला तामाङ, कोषाध्यक्ष लाक्पादोर्जे तामाङ र सदस्यहरुमा मनकुमारी तामाङ, शोभना तामाङ, पुष्प बहादुर तामाङ, रिता तामाङ र फुलमान तामाङ रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि इन्द्रावती गाउपालिका प्रमुख वंशलाल तामाङ, विशेष अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष कुमार ब्लोन, नेपाल आदिवासी जनजाति संघीय परिषद सदस्य बुझुङ लामा तथा अतिथिहरुमा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बो, नेपाल आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोक सल्लाहकार एवं आदिवासी जनजाति अभियन्ता हर्क बहादुर तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङ केन्द्रिय सल्लाहकार फाइन्द्र तामाङ लगायत इन्द्रावती गाउपालिका वडा अध्यक्षहरु वीर बहादुर तामाङ, जगत मान ताल्चाभडेल, बाबुराम लामा, जीवन थापा मगर कार्यपालिका सदस्यहरु शोभना तामाङ, मनकुमारी तामाङ उपस्थित रहेका थिए ।

कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा अध्यक्ष बाबुराम लामा, जगत मान ताल्चाभडेल, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बो बिशेश अतिथि कुमार ब्लोन, प्रमुख अतिथि वंशलाल तामाङले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए । भेलामा आदिवासी जनजाति इतिहास र बर्तमान अवस्था विषयमा आदिवासी जनजाति अधिकारकर्मि हर्क बहादुर तामाङले प्रशिक्षण दिएका थिए ।






















