भुम्लु । काभ्रे जिल्ला भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले गाउँबासी किसानहरुलाई ट्याक्टर वितरण गरेको छन् । आज (सोमबार) अध्यक्ष कुँवरले गाउँपालिका भित्रका किसानहरुलाई एक कार्यक्रमका बीच उक्त ट्याक्टर वितरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष कुँवरले ५० प्रतिशत अनुदानमा २७ वटा डिजेलले चल्ने हाते ट्याक्टर किसानहरुलाई वितरण गरेका थिए । रु ७० हजार पर्ने उ क्त ट्याक्टर किसानहरुले जम्मा ३५ हजार रुपैयाँमा पाएका छन् ।

ट्याक्टर पाएपछि किसानहरु खुशी भएका छन् । सधैं पराम्परागत रुपमा खनजोत गर्दै आएका किसानले ट्याक्टर पाएपछि खुशी भएका हुन् । ‘खेतबारी जोत्न गोरु नपाउने, मान्छे नपाउने हुन्थ्यो । अब त्यो समस्या समाधान भएको छ ।’ वडा नं. ५ का कुमार तामाङले भने, ‘अब सस्तो र छिटो छरितोमा काम सम्पन्न हुने भयो ।’

गाउँपालिकाले अनुदानमा ट्याक्टर बाँडेपछि वडा नं.१० कि ज्ञानी लामा पनि खुशी भएकी छिन् । ‘आवश्यकता त धेरै थियो नि ट्याक्टरको । तर पैसा थिएन मसँग ।’ लामाले भनिन्, ‘अब गोरु जोत्न पुरुष चाहिन्थ्यो, गोरु नि भनेको बेला पाउँदैन । अब ट्याक्टर पाएको छु । म आफैले पनि जोत्न सक्छु ।’ वडा नं. १ का मुरारी गिरि पनि अध्यक्ष कुँवरको हातबाट ट्याक्टर पाउँदा निक्कै नै खुशी देखिन्थ्यो । ‘अब खेतबारीमा ट्याक्टर लगाएपछि काम चाँडै सकिने मात्र होइन, सस्तो पनि पर्न जान्छ ।’ खुशी हुँदै गिरीले तेमाल अनलाईनलाई बताए ।

वितरण कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, कृषि शाखा प्रमुख सुदर्शन बोलाखे, कृषि प्राविधिक ज्ञानेन्द्र दाहाल लगायतका उपस्थिति रहेका थिए ।

Comments

comments