रामेछापमा टाटासुमो दुर्घट्ना, १० घाइते (विवरणसहित)
फाइल फोटो

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा टाटासुमो दुर्घटना हुँदा दस जना घाइते भएका छन् । दुर्घट्नामा परि दुई जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।

आज (सोमबार) दिउँसो ना १ ज ६४४१ टाटासुमा खाँडादेवी गाउँपालिकाको माइली बजारमा दुर्घटना भएको हो । दुर्घट्नामा परि नेकपाका नेता ध्यान बहादुर तामाङ समेत घाइते भएका छन् । टाटासुमो सडकबाट करिब ३० मिटर तल पुगेको थियो ।

खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कार्कीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताए । गम्भीर घाइते २ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको कार्कीले बतबाए ।

घाइते विवरण यस्तोछः
दुर्घट्नामा परि घाइते हुनेहरुमा पवित्रादेवी थापामगर, पदम कुमारी थापामागर, चन्द्र बहादुर पाठक, रमा तामाङ, श्याम पहरी, मनिम बहादुर पहरी, अनिसा योञ्जन, सिताराम आचार्य, ध्यान बहादुर तामाङ र चालक गोपी रायमाझी रहेका छन् ।

यसैबीच टोकरपुरकी पदम कुमारी थापामगर र सुनुवारपानीका सिताराम आचार्यको अवस्था भने गम्भीर रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।