यस्ताे रहेछ बिप्लब समूहको स्थायी समिति र पोलिट्ब्यूरो भंग गर्नुकाे कारणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (विप्लब समूह)ले संखुवासभामा भएको गोली हानाहानको विषयलाई लिएर प्रेस विज्ञप्ति मार्फत कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका अवस्थामा आफ्ना पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै घटनाको निन्दा र भत्र्सना गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले सोमबार प्रेस वक्तव्य जारी गर्दै घटनाको निन्दा गर्नुका साथै तत्काल दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

‘संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपीवली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्का्तिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । अविलम्ब यो दमन नरोके नेकपाले शक्तिशाली प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी–बादल सरकार हुनेछ ।’

विज्ञप्तिको पूर्णपाठः

गोली हानाहानपछि विप्लबको चेतावनीः ‘दमन नरोके ‘शक्तिशाली प्रतिरोध’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।