काठमाडौं । गृहमन्त्रालयको लेटरप्याड किर्ते गरी ठग्न खोज्ने काभ्रेकी लक्ष्मी अधिकारीलाइ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले सिंदरबार दक्षिण गेटबाट किर्ते गरेको आरोपमा उनलाई उनले गृहमन्त्रालयको लेटरप्याड छाप, गृहसचिवको नाम र सही समेत किर्ते गरेको आरोप प्रहरीले लगाएको छ ।
अधिकारीले आफ्ना बाबु बहराइनमा काम गर्ने र नेपाल आउने क्रममा सुन बढी ल्याएकाले जेल चलान भएका र उनको उपचारको क्रममा मृत्यु भएकोले बहराइनबाट क्षतिपूर्तिबापत ९५ करोड रकम र बाबुले जग्गा बेचेको गरी १ अर्ब ८ करोड रकम गृहमन्त्रालयमा प्राप्त भएको भन्ने बेहोराको पत्र समेत प्रवक्ताको नामबाट बनाएको प्रहरीको आरोप छ ।
उक्त रकम रोशी गाउँपालिका ७ का वडाअध्यक्षलाई दिनु भन्ने अर्को पत्र समेत बनाई घरपट्टि दामोदर गौतमलाई समेत प्रभावमा पारिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो क्रममा उनले ५ जनालाई गृहबाट अमेरिका पठाउने र भिषा समेत आएको अर्को पत्र बनाई २५ लाखभन्दा बढी ठगी गरेको देखिएको छ ।






















