काभ्रे । सेवाग्रहीसँग घुस लिएको आरोपमा काभ्रेका एक कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
काभ्रेका शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सव ईन्जीनीयर धनवीर भगत आज (मंगलबार) अख्तियारको फन्दामा परेका हुन् ।
भगतले सेवाग्रहीसँग १ लाख ५० हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले शिक्षाकै पुर्व कर्मचारी निरजकुमार चौधरीको माध्यमाट घुस लिने गरेको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ । भगतले घुस रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न लगाएका थिए । घुस लिनदेनको काम गर्ने चौधरीलाई पनि आयोगले नियन्त्रणमा लिएको छ ।
शिक्षा विभाग सानो ठिमी दरवन्दी रहेका भगत काजमा काभ्रेको विभिन्न ठाउँका १७ वटा विद्यालयको मर्मत कार्य हेर्दै आएका थिए । उनले स्कुल भवन निर्माण सम्पन्न प्रमाणपत्रका लागि घुस माग्ने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका थिए ।






















