काभ्रे । जिल्लाको तेमाल गाउँपालिका वडा नं. १ स्थित खहरेघाटको एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
खहरेघाट स्थित सडक छेउमै रहेको जीवन भण्डारीको पसलमा हिजो (मंगलबार) राती ९ः३० बजे आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार दमकलको पनि कुनै शिप नलागेपछि आज (बुधबार) विहान मात्र आगो नियन्त्रणमा लिन सके थियो । स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिन सकेको एसपी सापकोटाले तेमाल अनलाईलाई जानकारी दिए । क्षेति विवरण नआएपनि करिब ६०।७० भन्दा बढीको क्षति भएको अनुमान उनले गरेका छन् ।
स्थानीयका अनुसार भण्डारीको पसलमा रहेको नगद–जिन्सी सहित १ करोड ५० लाख बराबरको सम्पत्ति नष्ट भएको अनुमान छ । घरको माथिल्लो तलामा लागेको के कारण लागेको हो पत्ता लगाउन सकेको छैन ।
तेमाल गाउँपालिका वडा नं. १ वडा अध्यक्ष मानबहादुर श्रेष्ठका अनुसार आगलागीबाट मानवीय क्षेति नभएपनि सम्पत्तिको भने धेरै क्षेति भएको बताए । आगलागी भएको घर बेसीमा भएकोले आफूले विहान मात्र थाहा पाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
भण्डारीले निक्कै नै मिहनेत गरेर राखेको उक्त पसल एउटा डोकोबाट शुरूवात गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार उक्त पसलमा स्थानीयलाई चाहिने हरेक सामान पाइन्थ्यो ।






















