काभ्रे । जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ की एक बृद्धा बनेपाबाट बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा बर्ष ७२ की फूलमाया तामाङ रहेकी छिन् ।
छोरा तामाङका अनुसार कान सुन्दै नसुन्ने, अन्दाजी ५ फिट अग्ली, गहुँगोरी, केश सेतो फूलेको, पोते लगाएकी, रातो धार्के चोलो र रातो धोती साडी लगाएको हुलिया रहेको छ ।
बेपत्ता बृद्धा तामाङलाई देख्नु हुने महानुभवहरुले नजिकको प्रहरी कार्यालय वा उनको परिवारको मोबाइल नम्बर ९८०३२२३३५८ र ९८४३३७२५९२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















