काभ्रे । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले तेमाल गाउँपालिकामा सञ्चालित तिमाल बृहत सुख्खा खानेपनी आयोजना बजेटको कारणले नरोकिने बताएका छन् । आयोजनाको शुक्रबार अनुगमन गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।

अनुगमनका क्रममा संघीय खानेपानी आयोजना प्रमुख नन्दकुमार बञ्जाडेले आयोजनाको अवस्थाकोबारेमा ‘ब्रिफीङ’ गर्दैगर्दा तोकिएको बजेट निकासा नभएकोले काम रोकिनुपर्ने बाध्यता रहेको बताएका थिए । बञ्जाडेले काम रोकिनुपर्ने बाध्यता सुनाएपछि सांसद बमध्वजले बजेटकै कारणले काम नरोक्न निर्देशन समेत जारी गरे ।

‘निर्माण कार्य रोक्न मिल्दैन बजेटका कारणले । कहाँ कहाँ के के गर्नुपर्छ म गर्छु । मलाई भन्नुहोस् । हामी जान्छौं ।’ उनले भने, ‘बजेटकै कारणले बसन्तजीलाई काम गर्न किन रोक्ने ? विल भुक्तानीमा केही समस्या छ भनेर सोधेको थिएँ । छैन भन्नु भयो । तर आज कुरा सन्दा दुःख लाग्यो ।’ जसरी हुन्छ काम समयमै सम्पन्न गर्न सांसद बमध्वजले सबैलाई अनुरोध समेत गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।