काभ्रे । तेमाल गाउँपालिका वडा नं. १ स्थित खहरेघाटका आगलागी पिडितको घरमा संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज) र तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङ पुगेका छन् ।

सांसद बमध्वज र अध्यक्ष तामाङ शुक्रबार पिडित जीवन भण्डारीका श्रीमति सरस्वती मैनालीलाई घरमै पुगी भेटेका हुन् ।

भेटका क्रममा सांसद बमध्वजले क्षतिपूर्तिको लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर गरे । पिडित सरस्वती मैनालीले घट्ना नियोजित ढंगले भएको आशंका उनीसँग गरे । ‘सत्यतथ्य छानविन हुन्छ ।’ उनले भने, ‘दोसी भेट्टाए कार्वाही हुन्छ, ढुक्क हुनुहोस् ।’

त्यसैगरि गाउँपालिका अध्यक्ष तामाङले तेमाल गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगको कुनै कसर बाँकी नराख्ने प््रतिबद्धता जनाए । ‘यो निक्कै नै दुःख लाग्ने घट्ना हो ।’ उनले भने, ‘तेमाल गाउँपालिकाको तर्फबाट के के गर्नुपर्छ गरौंला ।’ भण्डारीको आगलागीबाट करिब डेढ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

भिडियोः

Comments

comments