काठमाडौं । भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भिडन्त भएको छ । विप्लब समूहका कार्यकर्ता र प्रहरीबीच भिडिन्त हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए । ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन।’
बुधबारे हटियामा भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए । अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















