अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ अन्तर्गत बि . पि राजमार्गमा फोहोरमैला व्यवस्थापन र बजार व्यवस्था कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिका अध्यक्ष डि. बि लामा र रोशी ११ का अध्य मिलन लामाको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

सरसफाइ कार्यक्रमको समापनमा रोशी गाउँपालिका लामाले सरसफाइ कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिंदै पहिचान र परिचय जोड्ने कुरा सरफाई पनि रहेको बताए । लामाले प्रत्येक वडामा गाउँपालिकाले १५।१५ दिनमा फोहोर संकलन गर्न गाडी पठाउने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच समापन कार्यक्रममा बोल्दै रोशी ११ का वडा अध्यक्ष मिलन लामाले सरसफाइ कार्यक्रम शुरुमा परिक्षण गरिएको र यो कार्य निरन्तरता दिने बताए । उनले विगत १० बर्षको अन्तरालमा मद्यापानको सेवनका कारणले धेरैको मृत्यु भएको र बजार क्षेत्रमा जाँडरक्सी बन्द गर्ने योजना रहेको बताए ।

‘इलाका प्रहरीको सहकार्यमा मदिरा नियन्त्रण गरि बि. पि राजमार्ग सुन्दर र सफा बनाउने योजनामा छौं ।’ वडा अध्यक्ष लामाले भने ।
इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक सुशील के.स.ले बजारको स्वरुपमा परिवर्तन आएर मात्रै नहुने बताउँदै लघुऔषध र मदिरा नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
बि.पि राजमार्ग फोहोरमैला व्यवस्थापन र बजार व्यवस्था समितिका अध्यक्ष गणेश आले(बलराम) मगरले सरसफाइ कार्यक्रम प्रत्येक हप्ताको शनिबार सन्चालन गर्ने र बेलाबेलामा फोहोरमैलाको कारणले हुने असर र रोगको बारेमा जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने योजना रहेको बताए ।
सरसफाई कार्यक्रममा सर्वसाधारणको समेत उपस्थिति रहेका थिए ।






















