- विजय तामाङ
श्री दोरम्बा गाउँपालिका अध्यक्ष ज्यु,
अन्तरमन र अन्तर हृदय देखि उब्जिएको कौतुहल्ता,जिज्ञासा,गुनासो र भवनाहरु लाई तपाईं समक्ष यो खुल्ला पत्र मार्फत राख्ने जमर्को गरेको छु। सन्चो र बिसन्चो कुरा त अरु समय र अरु भेटघाटहरुमा गर्ने नै छु। आजा यो दुखित मनको भवना साटिएर लेखिएको एक पत्र बोकेर तपाइँ समक्ष ठिङ्ग उभिएको छु। मेरो पत्र को मर्म तपाइँ ले बुझी देलान या नदेलान त्यो तपाईं कै निर्णयमा भर पर्छन।
तर यो पत्र लेखिरहदा मलाई त यति बित्न दुख्छन भने तपाईं लाई झन बढी दुखेको होलान। तपाइँ को गाउँपालिका लाई अझ बढी दुखेको होलान। किन कि तपाइको गाउँपालिका ले अकल्पनीय क्षेती बेहोर्दै छन। जब म २०७६ असार १० गतेका दिन काठमाडौं क्यान्सर सेन्टरमा पुग्यो जाहा १०७ नम्बर बेट मा दोरम्बा गाउँ कार्यपालिका सदस्य श्रीमती धनमाया तामाङ लडिरहेको अबस्थामा भेटे जाहा हस्पिटलमा पैसा डिपोजिट गर्न नसकेर आफन्तहरु सङग सहयोगी हात फैलाउदै गरेको प्रबिन मोक्तानको त्यो परिदृस्य देखे तब मेरो मन झन बिछिप्त भए म भित्र झनै कौतुहलता जाग्यो। तपाइँ को पाँच बर्षा कार्यकालमा ती पन्द्र जाना गाउँ कार्यपालिका सदस्यहरुको एक परिवार हुन। त्यही परिवारको तपाईं एक जिम्मेवार अभिभावक हुन।
ती पन्द्र सदस्यीय परिवार को एक सदस्य श्रीमती धनमाया तामाङ्लाई क्यान्सर जस्तो प्राण घातक रोग लागेर अस्पतालको सैया मा मृत्यु सङग लडिरहदा तपाइँ अभिभावक भएको नाताले तपाईं लाई दुख्नु पर्छ भनेको हो। तर होइन रहेछन। किनकी आजको दिन सम्म पनि अफ्नो एक सदस्य मृत्यु सङग लडिरहदा गाउँ पालिका ले केही योजना नै बनाएको छैन। एक जुजारु युबा नेत्री , गा.पा सदस्य, स्थानिय स्तरमा भएपनी राजनितीक पहुच भएको राजनीति योगदानको त कुरै नगरौं। यस्तो ब्यक्ती क्यान्सर जस्तो रोग लाग्दापनी गाउँपालिका सङग कुनै योजना नै देखिदैन ?? या गाउँ पालिका सङग कुनै कोष को ब्यबस्था छैन र ?? एउटा गाउँ कार्यपालिका सदस्य जस्तो ब्यक्ती क्यान्सर जस्तो प्राणघातक रोग लागेर आफ्नो ज्यान गुमाउनु पर्यो भने….. हामी जस्तो साधारण र सामन्य ब्यक्तीहरु, पहुच नपुगेको दिन दुखी गरिबी जनताहरुले स्वास्थ्या क्षेत्रमा तपाइँ बाट के आशा र अपेक्षा राख्न सक्छु र खै ??
स्वास्थ्य, शिक्षा, रोजगारको विषयमा गाउँ पालिका गम्भीर नभएको प्रष्ट देखिन्छन। हामी त पहुच छैन, पैसा छैन । क्यान्सर र अरु प्राणघातक रोग लाग्दा सिधै मृत्यु रोज्नु ? अध्यक्ष ज्यु हाम्रो कुनै सरकार छैन…. सरकार पहुच वाला, ठुलोबढा र हुने खाने लाई मात्र हो र ?? के हामी यसैको लागि लडेका थियौ ? दस बर्से जनयुद्धमा मृत्युलाई हत्केला मा राखी ल्याएको गणतन्त्र र संघियताको मर्म यहि हो र ??? हिजो गाँस, बाँस, कपास र स्वास्थ्या, शिक्षा, रोजगार जस्ता आधारभुत आबस्यक्ता सरकारले ग्यरेन्टि दिनु पर्छ भनेर लडेका थियौ नि ! पुरानो सत्ता र सरकार भत्काएर हाम्रो सत्ता र सरकार आएपछि गरिब र सर्ब साधरण जनताको मुहार फेर्छ भनेका थियौ। खै त स्थानिय सरकार ?? आज तपाइँ त्यै स्थानिय सरकारको अध्यक्षता गरिरहनु भएको छ।
तपाइँ लाई अबगत नै होला अध्यक्ष ज्यु सदस्य श्रीमती धनमाय तामाङको श्रीमान प्रबिन मोक्तान पनि दस बर्से जनयुद्धको घाइते हुनुहुन्छ। उहाँको खुट्टामा गोलि बर्सेको छन। उहाँको टाउको र शरीरभरि राइफलको संगिन र बुट को दब्बाहरु अझै मेटिएको छैन। मनसिक यातानाले अझै मस्तिष्क भारी छन। जेल नेल कति खायौ। भोक, प्यास र पीडा कति खायौ। असारे झरीमा एउटा र्याङ्कोटले हजारौ माइल हिडेका थिए। प्रचण्ड गर्मीमा गाउबस्ती जगाउदै मृत्यु लाई जितेका छन। जाडोमा एकजोर कपड़ा ले शैलुङको चिसोमा महिनौ कुत्कुत्यएको अझै याद होलान। यहीँ संघर्षको बेलामा पाइल्स जन्मायो धनमाया तामाङ जस्तो धेरै साथिहरुले, आज तै पायल्समा क्यान्सर निम्तायो धनमाया जि को, खै कसरी भनौ पीडा आफै भित्र होलान। केही बर्ष अगाडी मात्र प्रबिन जी को आमाको प्यारलाइसिस भएर अरुको भरमा बाच्नु परेको छन। बुबा को हालसालै प्रेसरले लडेर उपचार गरेको छन। भाउजू पनि क्यान्सर कै कारण पोहोर साल बित्नु भयो। उहाँ हरुको पनि खासै आम्दानी को भरपर्दो श्रोत देखिदैनन। शान्ती प्रक्रिया पछि समाज सेवामै देखिन्छन। खै कसरी धन्न सकिन्छ र ??
यतिका संघर्षबाट जन्मिएकी एक ब्यक्ति स्थानीय सरकार सन्चालनको एक सदस्य आजा पायल्स क्यान्सर ले मृत्यु सङग लडिरहदा तपाइँ कै सरकारले केही गर्न सकिँदैन भने हामी जस्तो सामान्य जनता ले स्वास्थ्या जस्तो क्षेत्रमा सर्ब साधारणको पहुच कसरी पुराउन सकिन्छ र खै ?? अध्यक्ष ज्यु तपाईं आफै भन्नुहोस् केन्द्र सरकरले सामान्य रुघखोकी को लागि चेकजाँच गर्दा सरकारको ढुकुटीबाट करोडौं खर्च गर्छन। तर सामान्य जनता प्रणघातक रोग लाग्दा पनि टुलुटुलु हेरेर बस्नु पर्ने यो कस्तो समान्त हो। हो तपाइँ ले भनेको जस्तै गाउँकार्यपलिका सदस्य र अरु सर्बसाधरण जनतालाइ एउटै नजरले हेर्नुभएको छन। समान ढंगले हेर्नू भएको छ। धनमाया लाई बचाउदा ऊ जस्तै अरु जनतालाई पनि के गर्ने भनेर प्रस्न गर्नु भएको छ। त्यो राम्रो कुरा हो।
तर अध्यक्ष ज्यु सार्बाजानिक ओहोदामा बसेको ती मन्त्री र कर्मचारी हरुले सामान्य चेकजाच मा करोडौं खर्च गर्छन भने के गाउँ कार्यपालिका सदस्य लाई प्राण घातक रोग लाग्दा लाख खर्च गरेर उहाँको ज्यान बचाउन सकिँदैन र ? याहाँ चही समान ढङ्गले हेर्नू पर्दैन र खै समान्त ?? अध्यक्ष ज्यु तपाइले केन्द्र सरकारको मन्त्री, कर्मचरिहरु र तपाइको स्थानीय सरकारको कार्यपालिका सदस्य धनमाया तामाङमा के फरक पाउनु भो ? यति उपचार गर्न लाइ कानुनको कुन चही दफा परिमार्जन गर्नु पर्छ र। यहाँ कार्यबिधीको आबस्याक्ता नै छैन। धनमायाको ज्यान ठुलो कि कार्यबिधी, कार्यबिधी भनेकै स्थानीय सरकारलाई काम को विधि सिकाउने हो। दुख्ख मा परेका, बिपत्ति मा फसेका हरुलाई उद्दार नगर्नु नगराउनु भनेर कार्यबिधीले भन्दैन। बजेट दुरुपयोग हुन्छ भनेर रोक्ने हो कार्यबिधीले कसैको ज्यान बचाउदा बजेट दुरुपयोग होला जस्तो लाग्दैन। स्थानीय सरकार सन्चालन ऐनमा प्रष्ट छन । स्वस्थ्या शिक्षा जस्तो क्षेत्रमा स्थानीय सरकार लाई नै सबै जिम्मेवारी दिएका छन।
अब त अध्यक्ष ज्यु दिन दुखी गरिबी र सर्ब साधारण जनताले स्वस्थ्यम त के आश गर्नु ? गाउँपालिका सदस्यले पनि त्यहाबाट सुबिधा पाउदैन भने हामिले त के आशा गर्नु र ? रोजगारको कुनै योजना छैन। अध्यक्ष ज्यु गाउँपालिकाले अब ब्यबहारिक र प्रभावकारी काम गर्नु पर्छ जस्तो लग्छ। स्वस्थ्या जस्तो संबेदनसिल क्षेत्रमा त झन केही प्रभावकारी काम गर्नै पर्छ। किनकी कोहि कुनै ब्यक्तिले आर्थिक अबस्था कमजोर भएर अकालमा ज्यान गुमाउनु नपरोस् । होला बिरामी अन्तिम अबस्था भएकाहरु लाई बचाउन नसकिएला तर धनमाया तामाङ जस्तो ब्यक्तिहरु लाइ अझै बचाउन सकिन्छन।
अध्यक्ष ज्यु गाउँपालिकामा वार्षिक पचासौं करोड बजेट बिनियोजित हुन्छन। आर्थिक, सामाजिक, पुर्बधार बिकास को नाम मा करोडौं बजेट छुट्टाउछन। तर स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा निकै कम छन।
अध्यक्ष ज्यु तपाइको गाउँपालिका भित्र कति जाना डाक्टर हरु छन एकिन तथ्यांक छ ?? यदि छन भने तपाइको गाउँपालिकामा आएर सेवा गर्न चाहाने कोहि भेटिनु भएको छ ??? यदि छैन भने तपाईको गाउँपालिकामा अएको बर्सेनि पचासौं करोड बजेट बाट केही रकम छुटाएर प्रत्येक बर्ष गाउँ पालिका भित्रबाट मेहनती, इमान्दार, जेहेन्दार र आर्थिक अबस्था कमजोर भएको एकजाना बिद्यार्थी लाई कुनै समिति बनाएर छनोट गरि डाक्टर पढाउनको लागि छात्रवृत्ति को लागि पठाउनुस। डाक्टर पढिसकेपछी गाउँ पालिकामा नै न्युनतम तलबमा न्युनतम पाँच बर्षसम्म काम गर्ने गरि गाउँ पालिका भित्रको दिन दुखी, गरिबी सर्बसाधारण जनतामा सेवा गर्न दिनु होस।
प्रत्येक बर्ष एक जान डाक्टर उत्पादन गर्ने गरि योजना बनाउनु होस कति को प्रभावकारी र ब्यबहारिक्ता हुन्छ। त्यतिखेर था हुन्छन। जब तपाइले वाह वाही पाउँछन्। गरिब को छोरा छोरी ले डाक्टर पढ्न पायो भनि गर्ब गर्दा त्यस्को श्रेय तपाईं लाई नै जान्छन। गाउँपालिकाको सर्ब साधारण जनतालाई दक्ष जनशक्ति बाट स्वस्थ्य जस्तो क्षेत्रमा राम्रो सेवा दिन सकिन्छन। पाँच बर्ष पछिपनी तरिफ योग्य काम देखुन। तपाइकै पालामा अबिस्मरनिय कार्य हरु सम्पन्न होस। तपाइँ को काम हरु प्रभावकारी होस, ब्यबहारिक र दिर्घकालिन होस। यहीँ आशा, अपेक्षा र सुभकामन र सुभेक्षा सहित बिदा हुन चाहान्छु। हस्त धन्यवाद ।
उहीँ तपाइँ को सुभचिन्तक
क. विजय तामाङ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















