काभ्रे । रिमरेक धुलिखेल काभ्रेले आज (बिहिबार) बाट धुलिखेलको जुगल होटलमा अपांगता समावेशि प्रकोप जोखम न्यूनिकरण सम्वन्धि ३ दिने तालिम सुरुवात भएको छ ।
रिमरेकका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रिमरेकका कार्यकारी निर्देशक गोकुल गौतमले सहभागि प्रशिक्षक तथा सम्पूर्णमा स्वागत तथा तालिमको उद्देश्य र औचित्यकाबारेमा जानकारी गराएका थिए ।

काभे जिल्लामा रहेका २ वटा पालिका मण्डनदेउपुर नगरपालिका तथा भूम्लु गाउँपालिकाका सबै वडामा प्रारम्भ गरिएको उक्त कार्यक्रम सि.वि.एम नेपालको आर्थिक तथा प्राविधि सहयोग तथा स्थानीय पालिकाको सहजिकरणमा आगामी ४ बर्षसम्मका लागि संचालन हुनेछ । स्थानीय पालिकामा रहेका बिभिन्न प्रकृतिक अपांगता भएका ब्यक्तिहरुका लागि समावेशिकरणका हिसावले समावेशी शिक्षा, समावेशी जीविकोपार्जन, समावेशी स्वास्थ्य तथा समावेशी प्रकोप जोखिम न्युनिकरण, सुरक्षा तथा हक र अधिकारका क्षमता विकासको क्षेत्रलाई केन्द्रमा राखेर संचालन हुने र भुम्लु गाउँपालिका तथा मण्डनदेउपुर नगरपालिकाको सवै वडाहरुलाई समेटेर सवै प्रकारका अपांगता भएका ब्यक्तिहरुलाई सेवा प्रवाह गर्ने छ ।
सवैका लागि समावेशी परियोजना अन्तरगतका कर्मचारी तथा रिमरेकका पदाधिकारीहरु सहित १५ जना सहभागिहरु रहेको यस तालिम कार्यक्रमको सहजिकरण स्वतन्त्र सहजकर्ता शंकर मालाकारले गर्नेछ ।

३ दिनसम्म चल्ने कार्यक्रममा नेपालको संविधानमा भएका व्यवस्था, अपांगताको अधिकार सम्बन्धि ऐन २०७४, अपांगता के हो ? यसको परिचय, सामाजिक संस्कार र यस प्रति समुदायको बुझाई, अपांगताका प्रकार, यसको अधिकार, स्थानीय कानून, प्रकोप जोखिम न्युनिकरण सम्बन्धि पूर्व तयारी, उद्धार तथा पुनर्रस्थापना लगायतका बिषयमा सहभागिहरुलाई अनुभव आदान प्रदान गर्ने र स्पष्ट जानकारी गराउने उद्देश्य कार्यक्रमले राखिएको छ । कार्यक्रमले अपांगता भएका ब्यक्तिहरुका लागि जीविकोपार्जनमा सुधार, आय आर्जन तथा सहकारी मार्फत बचत तथा ऋणका बिषयहरुमा समेत लाभान्वित हुनेछन् र कार्यक्रमलाई दीगो रुपमा विकास गर्न सजिलो समेत हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।