काभ्रे । केही दिनदेखि लगातार परेको वर्षाका कारण काभ्रेको विभिन्न स्थानमा गरि ३ जनाको मृत्यु भएको छ । वर्षाका कारण बाढीपैरो गएपछि गाउँ–गाउँमा पुगेको सडक भत्केको छ भने घर समेत बगाएको छ । सुनकोशी र रोशीखोलाको बहब वर्षाका कारण बढेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाढीपैरोमा परि कृत्यु हुनेमा .बनेपा न.पा. ३ चुनाताल बस्ने राम प्रसाद दंगालको श्रीमती बर्ष ५५।६० की गोमा दंगाल, निजको नातिनी बर्ष ७ कि सुहाबी दंगाल रहेका छन् । सोही घट्नामा परि निजको बुहारी बर्ष ३० कि शुसिला दंगाल र निजको नातिनी ३ महिनाकी अनुष्का दंगाल घाइते भएका छन् । घाइतको शिर मेमोरियल अस्पतालमा बनेपामा उपचार पछि घर फर्केका छन् ।
मा पनि बाढीपैरोले विभिन्न
अविरल वर्षाको कारण घर दंगाल परिवारको घर भत्केको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नाला र इलाका प्रहरी कार्याल्य, बनेपाबाट उद्धारको लागि प्रहरी पुगेको थियो । प्रहरीका अनुसार दंगालको ढुंगा माटोले बनेको कच्ची घर माथीबाट पैरो आई घर भत्किदा सो घरमा रहेका निम्न ४ जना मानिसलाई पुरेको थियो । चारै जनालाई प्रहरी र स्थानियको सहयोगमा उद्धार गरी बाहिर निकाले पनि २ जनाको भने घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
माम्दीमा पनि एकको मृत्यु
यसैबीच रोशी गाउँपालिका वडा नं. ११ निवासी े बद्रीबिक्रम रायमाझीकी श्रीमती बर्ष ६५ कि कृष्ण देबी रायमाझीको पनि बाढीपैरोमा पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राती करिब १२ बजे मिति घरमाथी रहेको भिमेश्वर मा.बि.को पर्खाल खस्दा रायमाझीलाई किचेको प्रहरीले जनाएको छ । यता चौंरीदेउराली गाउँपालिकामा भने ३ घर पैरोले बगाएको छ ।
त्यसैगरि बाढीपैरोका कारण जिल्लाभरि यातायात अबरुद्ध भएको छ । जिल्लाको भुम्लो, चौंरीदोउराली, तेमाल, रोशी, महाभारत, खानीखोला, बेथानचोक गाउँपालिकाको सबैबाटो अबरुद्ध भएको छ । नमोबुद्ध, धुलिखेल, बनेपा, मण्डनदेउपुर, पाँचखाल, पनौति नगरपालिकामा पनि यातायात अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यातायात र सञ्चारमा अबरोध भएका कारण जिल्ला भरिको एकीन क्षति विवरण संकलनमा कठीनाइ भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















