तेमाल । तामाङ राष्ट्रिय संग्राहलय निर्माण सँगै अब तेमालमा डम्फू पार्क बन्ने भएको छ । गते वर्ष संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले तामाङ राष्ट्रिय संग्राहलय निर्माणका लागि ५० लाख रकम विनियोजन गरिएको थियो । यससँगै तेमाल गाउँपालिकाले डम्फू पार्क निर्माण गर्ने भएको हो ।
शनिबार तेमाल गाउँपालिकाको पाँचौं गाउँसभामा अध्यक्ष सलाम सिं तामाङले तेमालमा डम्फू पार्क निर्माण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तेमालमा साँस्कृतिक पर्यटन विकासका लागि तामाङ राष्ट्रिय संग्राहलय र डम्फू पार्कले महत्वपूर्ण हुने अध्यक्ष तामाङले बताए ।
यस वर्ष तेमाल गाउँपालिकाले डम्फू पार्कको लागि ४० लाख रकम विनियोजन गरिएको छ । डम्फू तामाङ समुदायको मुख्य बाजा हो । ‘तामाङ भाषा र सँस्कृति हराए तेमाल खोज्न जानू’ भन्ने किम्बदन्ती अहिले पनि छ । यसै कुरालाई सार्थकता तुल्याउन डम्फू पार्क र तामाङ राष्ट्रिय संग्रााहलयलाई निक्कै नै महत्वका साथ हेरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















