बनेपा । एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने ९६३ जना बिद्यार्थी सम्मानीत भएका छन । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति काभे्रले ५० संस्थागत बिद्यालयका ९६३ बिद्यार्थीलाई सम्मान गरेको हो ।
शनिबार बनेपामा एक कार्यक्रमका बीच ३.२५ देखी ४ जिपिए ल्याउने बिद्यार्थीलाई सम्मान गरेको प्याब्सनले जनाएको छ । सम्मान कार्यक्रममा निजी तथा आवासीय बिद्यालय अर्गनाइजेन नेपालका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले मुलुकको शैक्षिक गुणस्तरीयतामा निजी बिद्यालयले महत्बपूर्ण भूमिका खेलेको बताए ।
प्याब्सनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र बाँनियाले अहिले कक्षा १० सम्म सञ्चालनमा रहेका निजी बिद्यालयहरुले कक्षा ११ र १२ सञ्चालन गर्नुपर्नेमा जोड्दिदै यसले काभे्रलाई शैक्षिक हव बनाउन सहयोग पुग्ने बताए । प्याब्सनका जिल्ला अध्यक्ष पूर्णकुमार श्रेष्ठले बिद्यार्थीको हौसला प्रदान गर्न सम्मान कार्यक्रम गरिएको बताए ।
जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले गरेको उक्त सम्मान कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, सचिव भीमसेन केसी, प्रदेश न ३ का सहकोषाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, जिल्ला उपाध्यक्ष महेन्द्र थिङ, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।