संकेतीक तस्बीर
काभ्रे । जिल्लाको रोशी खोलामा सडेगलेको अवस्थामा एक लास फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त लास रोशी गाउँपालिका वडा नं. १२ रोशी खोलाको बीच टापुमा आईतबार फेला परेको हो ।
उक्त लास नामथर वतन नखुलेको पुरुष ब्यक्ति रहेको प्रहरीले जानकारी दिएका छ । इलाका प्रहरी कार्यालय, मंगलटारबाट प्रहरीको टोली र जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट खटिएको टोली घट्ना स्थलमा पुगी मुचुल्का गरि लासको पोष्ट मार्टम गर्न पठाईएको प्रहरीले बतायो ।

Comments

comments