काठमाडौं । तामाङ समाज ख्यङसाङनाम्दो बुसानका संस्थापक तथा निबर्तमान अध्यक्ष बिश्वास ब्लोनको अगुवाईमा आइतबार काठमाण्डौं कुलेश्वरमा मृगौला पिडितलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
रोशी गाउँपालिका वडा नं. ३, काभ्रे निवासी ५४ बर्षिय मृगौला पिडित मिना तामाङलाई तामाङ समाजले २ लाख रुपैयाँ रकम सहयोग गरेको हो ।
“आफु बाचौं अरु लाई पनि बचाऊँ“ भन्ने उदेश्यको साथ तामाङ समाज ख्यङसाङनाम्दो बुसान दक्षिण कोरियाले गत जुन ९ मा मृगौला रोगी सहयोगार्थ नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३“ प्रदर्शन गरिएको थियो । पिडित तामाङको दुवै मृगौला खराब भै हल मृत्यु संग लडिरहेकी छिन। घरको आर्थिक अवस्था कमजोर भएकोले बिरामीको उपचारको लागि चलचित्र प्रदर्शनबाट प्राप्त मुनाफा रकम नेपाली २ लाख रुपैयाँ बिरामीलाई हस्तान्तरण गरिएको छ ।
रकम हस्तान्तरण अन्तर्राष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष एवम् तामाङ घेदुङ अन्तर्राष्ट्रिय विभाग प्रमुख टासी लामा तामाङले गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना सहित तामाङ समाज ख्यङसाङनाम्दो बुसान परिवारलाई बरिष्ठ उपाध्यक्ष तामाङले धन्यवाद ज्ञापन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।